| आइतवार, कार्तिक २२, २०८३

पृथ्वीजयन्तीको अवसरमा खेलाडी सम्मान

गोरखा नगरपालिका घर भई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका खेलमा सहभागी खेलाडीलाई नगरपालिका कार्यालयले सम्मान गरेको छ । २९९ औं पृथ्वीजयन्तीको अवसर पारेर मंगलबार नगरपालिकाले खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुलाई सम्मान गरेको हो ।
तीन दिवसीय पृथ्वीजयन्ती कार्यक्रमको अन्तिम दिन मंगलबार नगरपालिका कार्यालयले एथले टिक्सका टीका बोगटी, उत्तम केशी, ज्ञानबहादुर बोहोरा, सोमबहादुर कुमाल र दलबहादुर थापालाई सम्मान गरिएको हो ।


त्यस्तै भारत्तोलनमा अन्तर्राष्टिूय प्रतिष्पर्धामा सहभागी भएका रामकुमार श्रेष्ठ, जुडोका खेलाडी होमबहादुर थापा, ऋषिराम प्रधान, सुटिङकी खेलाडी सरस्वती बानियाँलाई दोसल्ला तथा कदर पत्र प्रदान गरी सम्मान गरिएको हो ।
त्यस्तै गतबर्ष गण्डकी प्रदेश स्तरीय मेयरकप फुटबल प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने खेलाडीहरुलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

साथै पृथ्वीजयन्तीको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगिता मा प्रथम स्थान हासिल गर्ने गोनपा ९ लक्ष्मीबजारका सरोजबाबु घिमिरे, द्वितीय हुने द्रव्यशाह बहुमुखी क्याम्पसकी विपना गान्धारी, तृतीय हुने महेन्द्र मावि कुन्दुरका सन्दीप परियार र सान्त्वना स्थान हाँसिल गर्ने शक्ति मावि पाटेचौरका जेनिशा अम्गाईलाई क्रमशः नगद रु पाँचहजार, तीनहजार, दुई हजार र एकहजार रुपैयाँ प्रदान गरिएको थियो ।

त्यस्तै गोरखा दौडमा प्रथम हुने रामजी बस्नेतलाई रु १५ हजार, दोस्रो हुने सुनील थापालाई रु १० हजार, तेस्रो हुने पूणर् गुरुङलाई पाँचहजार, चौथो र पाँचौ हुने सुरज थापा र सुमन योगीलाई दुईदुई हजार रुपैयाँ प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्