| आइतवार, कार्तिक २२, २०८३

२९९ औँ पृथ्वीजयन्तीमा २९९ वटा द्वीप प्रज्ज्वलन


नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको २९९ औं जन्मजयन्तीको उपलक्ष्यमा सोमबार गोरखा सदरमुकाममा द्वीप प्रज्वलन गरिएको छ । तीन दिवशीय पृथ्वीजयन्ती कार्यक्रमको अवसरमा सोमबार साँझ पृथ्वीनारायण शाहको सालिक परिसरमा २९९ वटा द्वीप प्रज्ज्वलन गरिएको हो ।

नेपाल पत्रकार महासंघ गोरखा शाखाको व्यवस्थापनमा भएको द्वीप प्रज्ज्वलन गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई, प्रमुख सेनानी उज्ज्वल केशी, प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङ, उप–अनुसन्धान निर्देशक टेकराज तिमिल्सिना, विभिन्न कार्यालयका प्रमुखहरु, पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्