| आइतवार, कार्तिक २२, २०८३

प्रदेश निर्वाचन क्षेत्रस्तरमा काङ्ग्रेसको बिरोध सभा

नेपाली काङ्ग्रेस गोरखाले प्रदेश स्तरका निर्वाचन क्षेत्रमा बिरोध सभा गरेको छ । गोरखाको क्षेत्र नम्बर १ र २ का चारवटा प्रदेश निर्वाचन क्षेत्रमा बिरोध कार्यक्रम भएको काङ्ग्रेसका जिल्ला सहसचिव नारायण लामिछानेले बताए ।


गोरखा १ ‘क’ को गोरखा सदरमुकामदेखि झि“गटेसम्म क्षेत्रीय सभापति दिपक भट्टराईको संयोजकत्वमा मोटरसाईकल ¥याली भएको थियो । त्यसपछि उक्त ¥याली प्रदेश १ को ‘ख’ निर्वाचन क्षेत्र आरुघाट पुगेका थियो ।


काङ्ग्रेसका प्रदेश ‘ख’ सभापति रोशन गुरुङको अध्यक्षतामा भएको सभालाई काङ्ग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले सम्वोधन गरेका थिए । उनले केपी शर्मा ओली नेतृत्वको सरकारले संसद बिघटन गरेर संविधान, कानुनको उलंघन गरेको बताए । उक्त मुद्धा अदालतमा बिचाराधीन रहेको बताउँदै उनले काङ्ग्रेसले निरन्तर यसको बिरोध गरिरहेको बताए । कार्यक्रममा काङ्ग्रेस जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, सचिव पूर्ण दाहाल, गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, महासमिति सदस्य राजेन्द्र बजगाई, महाधिवेशन प्रतिनिधि किरणबाबु श्रेष्ठ लगायतले धारणा राखेका कार्यक्रम संचालक एव क्षेत्र नम्बर १ का सभापति धिरन थापाले बताए ।


गोरखा क्षेत्र नम्बर २ ‘क’ मा क्षेत्रीय सभापति नारायण गुरुङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अथिति सुरेन्द्रराज पाण्डेले ओली सरकार निरङ्कुशतातर्फ अघि बढेको बताए । ‘अहिले चुनाव घोषणा गरिएको छ, तर देशको अवस्था हेर्दा बैशाखमा चुनाव हुने छाँटकाँट छैन’ पाण्डेले भने ‘कम्यूनिष्ट सरकारलाई जनताले पाँचवर्ष देश चलाउने जनादेश दिएका थिए तर तीन वर्ष पनि चलाउन सकेनन् ।’ अहिलेको सरकारले जनताको आवश्यकता एउटा पनि पूरा गर्न नसकेको उनले बताए ।
‘चुनाव भएपनि काङ्ग्रेस तयार छ’, केन्द्रिय सदस्य पाण्डेले भने ‘यदि चुनाव नगराई तानाशाह शैलीले आफैँ हुकुमी शासन गर्ने ओलीको योजना हो भने राजाले त जनता सामु नसकेको देशमा ओली तीन महिना पनि टिक्दैनन ।’ संसद बिघटन गरेर देशमा अस्थितरता निम्त्याउन ओली सरकार र नेकपा पनि उत्तिकै दोषि रहेको उनले बताए । ‘हामी कम्यूनिष्टको कुनैपनि नेताको पक्षमा छैनौँ’ उनले भने ‘संसद बिघटन गर्नु नै जनताले गरेको विश्वासलाई कम्यूनिष्ट सरकारले घात ग¥यो ।’


कार्यक्रममा पालुङटार नगरपालिकाका नगर सभापति दिपकबाबु कँडेल, काङ्ग्रेस जिल्ला कोषाध्यक्ष कृष्णबहादुर आले, गोरखा नगरपालिकाका नगर सभापति चन्दनबाबु खत्री, ट्रेड युनियनका इश्वर परियार, महिला संघकी पूर्व केन्द्रीय सदस्य रबिकला खनाल, किरण गिरी, प्रकाश अधिकारी, अनिल थपलिया लगायतले मन्तब्य राखेका थिए ।


यस्तै ‘ख’ का सभापति इन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति काङ्ग्रेस केन्द्रिय सदस्य कमला पन्तले प्रधानमन्त्रीले संसद बिघटन गर्नु अधिनायकबाद ल्याउनतर्फ उन्मुख हुन खोजेको बताईन् । केन्द्रिय सदस्य जीवन परियारले दलितहरुलाई आन्दोलनमा अगुवाई गर्न लगाएर कम्यूनिष्टहरुले अहिले बिर्सिएको आरोप लगाए । साथै उनले दलितको उत्थान र हक अधिकारका लागि कुनैपनि काम नगरेको भन्दै सरकारको चर्को आलोचना गरे ।


काङ्ग्रेस जिल्ला सभापति हरिबहादुर घले, मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सतार, गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडी, मनकुमारी गुरुङ, केन्द्रीय बिभागका सदस्यहरु सिपी पोखरेल, क्षेत्रीय सभापति गोबिन्द गुरुङ, नबिन श्रेष्ठ, गाउँपालिका अध्यक्ष राजु गुरुङ, अजिरकोट गाउँपालिका अध्यक्ष फणिन्द्र धिताल, महासमिति सदस्य मोहन पोखरेल, सिरानचोक गाउँपालिका उपाध्यक्ष रिता देवकोटा, वडा सभापति बिष्णु पोखरेल लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्