| सोमवार, कार्तिक २३, २०८३

संसद बिघटनमा ओली मात्र होईन सिङ्गो नेकपा दोषी छ : कांग्रेस नेता पाण्डे

नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले संसद बिघटनमा प्रधानमनत्री केपी ओली मात्र नभएर सिङ्गो नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) दोषी रहेको बताएका छन् ।

गोरखा क्षेत्र नम्बर २ ‘क’ ले शनिवार पालुङटारमा आयोजना गरेको बिरोध सभालाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘चुनाव भएपनि कांग्रेस तयार छ’ केन्द्रिय सदस्य पाण्डेले भने ‘यदी चुनाव नगराई तानाशाह शैलीले आफैँ हुकुमी शासन गर्ने ओलीको योजना हो भने राजाले त जनता सामु नसकेको देशमा ओली तीन महिना पनि टिक्दैनन् ।’ संसद बिघटन गरेर देशमा अस्थितरता निम्त्याउन ओली सरकार र नेकपा पनि उत्तिकै दोषि रहेको उनले बताए ।

‘हामी कम्यूनिष्टको कुनैपनि नेताको पक्षमा छैनौँ’ उनले भने ‘संसद बिघटन गर्नु नै जनताले गरेको विश्वासलाई कम्यूनिष्ट सरकारले घात गर्नु हो ।’
नेता पाण्डेले ओली सरकार निरङकुशता तर्फ अघि बढेको बताए । ‘अहिले चुनाव घोषणा गरिएको छ, तर देशको अवस्था हेर्दा बैशाखमा चुनाव हुने छाँटकाँट छैन’ पाण्डेले भने ‘कम्यूनिष्ट सरकारलाई जनताले पाँच वर्ष देश चलाउने जनादेश दिएका थिए तर तीन वर्ष पनि चलाउन सकेनन् ।’ अहिलेको सरकारले जनताको आवश्यकता एउटा पनि पुरा गर्न नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्