| सोमवार, कार्तिक २३, २०८३

अखिल क्रान्तीकारीद्वारा गोरखामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दोहन

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले गोरखा क्याम्पस हातामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्माल ओलीको पुत्ला दोहन गरेको छ ।

संसद बिघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको सिफारिस संवैधानीक ‘कु’ भएको बताउँदै अनेरास्वीयूले त्यसको बिरोधमा पुत्ला दोहन गरेको केन्द्रिय सदस्य रामकृष्ण भट्टले बताए ।
पुत्ला दोहन कार्यक्रममा केन्द्रिय सदस्य भट्ट, अनेरास्वीयू जिल्ला संयोजक सजिंव थापा मगर गोरखा क्याम्पस ईकाई अध्यक्ष विष्णु पाण्डे लगायतको उपस्थिती रहेको थियो । यस अघि बुधवार साँझ अनेरास्वीयूले गोरखा सदरमुकाममा सिठी जुलुस निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्