| सोमवार, कार्तिक २३, २०८३

लाक्पाल र ठाडोभर्याङमा चितुवा आतंक

गोरखाको दुर्गम लाक्पाल र ठाडोभर्याङका स्थानीयबासीलाई चितुवाले सताउन थालेको छ । अहिलेसम्म लाक्पालका आठवटा भेँडाबाख्रा चितुवाले खाइसकेको र ठाडोभ¥याङमा पनि धेरै दुख दिएको स्थानीय गणेश कार्कीले जानकारी दिए ।
‘केही दिनदेखि चितुवाले हैरान पारेको छ’, उनले भने, ‘धार्चे गाउँपालिका वडा नं. ३ लाक्पालमा आठवटा बाख्रा चितुवाले लगिसक्यो ।

ठाडोभर्याङमा पनि उस्तै छ ।’ स्थानीयबासीले चितुवा आतंकको समाधान खोजिरहेको तर कुनै उपाय नभेटेको उनले बताए ।
जङ्गली जनावरबाट क्षति भएको घरपालुवा जनावरको राहत पाउने व्यवस्था भएकाले निवेदन दिन आग्रह गरेको वडा नं. ३ का अध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्