
मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो अधिवेशन सम्पन्न
मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । बुधबारदेखि सुरु भएको अधिवेशन २९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै बिहिबार सम्पन्न भएको हो ।
अधिवेशनले गंगा राना मगर(गण्डकी)लाई पुन अध्यक्षमा चयन गरेको छ ।
अर्गनाइजेशनको सचिवमा कृष्णकुमारी श्रेष्ठ, घले(गोनपा), सहसचिवमा मानबहादुर गुरुङ(बारपाक सुलीकोट) र प्रचार प्रसार सचिवमा नवीन घले(बारपाक सुलीकोट) चयन भएका छन् ।
यसअघिका कार्यसमितिका अध्यक्ष गंगा राना मगरको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा प्रमुख अतिथि सर्वोच्च सभाका अनुशासन विभागका प्रमुख गणेश चाम्लिङ राई, विशेष अतिथिमा सर्वोच्च सभाका सदस्यहरु रेञ्जिन तामाङ र सनबहादुर मेचेले सम्बोधन गरेका थिए ।
त्यस्तै गण्डकी प्रदेशका अध्यक्ष नवीन गुरुङ तथा गण्डकी प्रदेशभित्रका सबै जिल्लाका प्रमुखहरु धादिङ जिल्लाका प्रमुख पनि सभामा सहभागी थिए । त्यस्तै गोरखाका ११ वटै पालिकाका अर्गनाइजेशनमा आवद्ध नेता कार्यकर्ता सहभागी थिए ।
सभाले आउँदा दिनमा संगठन विस्तारलाई तिब्रता दिने निर्णय गरेको नवनिर्वाचित अध्यक्ष राना मगरले बताए ।




