| आइतवार, कार्तिक २२, २०८३

नारेश्वर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन

आशिष कुमार भट्टः गोरखा नगरपालिका वडा नं ३ नारेश्वरमा नवनिर्मित स्वास्थ्यचौकी भवन गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका छन् । एक करोड ६५ लाख ९३ हजार लागतमा नवनिर्मित भवन बिहिबार उद्घाटन गरिएको हो ।

०७४/०७५ मा सुरु गरिएको सो स्वास्थ्यचौकी भवन निर्माणको काम लामो समयदेखि स्थगित रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइकी प्रमुख सुनिता श्रेष्ठले बताइन् ।
उद्घाटन समारोहमा मन्त्री बस्नेतले गोरखा बजार, नारेश्वर हुदै उल्टे, मसारसम्म कालोपत्रे गर्ने प्रतिबद्धता गरे ।

उद्घाटन समारोहमा बोल्दै गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भवन मात्र राम्रो भएर नभइ त्यसबाट स्तरिय स्वास्थ्य सेवा प्रवाह पनि हुनुपर्नेमा जोड दिए । साथै उनले अब तीन महिनाभित्र नै सो स्वास्थ्यचौकीमा बर्थिङ सेन्टरको सेवा पनि प्रवाह गर्ने उनले आश्वास दिए ।
उनले यही वर्षबाट नगरका सबै स्वास्थ्य चौकिहरुबाट नै भिडियो एक्स-रे तथा सुगरको जाँच पनि सञ्चालन गर्ने योजना गरिरहेको मेयर पन्तले बताए ।

कार्यक्रममा प्रमुख अतिथि बस्नेत, विशेष अतिथि नगरप्रमुख पन्त, इन्जिनियर सुनिता श्रेष्ठ लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्