
मंगोल नेशनल अर्गनाइजेशनको तेस्रो अधिवेशन सुरु, हिजो बन्दसत्र, आज खुला सत्र
मंगोल नेशनल अर्गनाइजेशनको जिल्ला सभाको तेस्रो अधिवेशन बुधबारदेखि सुरु भएको छ । गोरखा सदरमुकामको चिल्ड्रेनपार्कस्थित बेम्बो कटेजमा बुधबार बन्द सत्र सम्पन्न भएको अर्गनाइजेशनका जिल्ला अध्यक्ष गंग राना मगरले जानकारी दिए ।
अध्यक्ष रानाको अध्यक्षतामा सञ्चालन भएको बन्दसत्रमा प्रमुख अतिथि सवोच्च सभाका सदस्य सानबहादुर मेचे, विशेष अतिथि आर्थिक विभागका सदस्य सोमबहादुर गुरुङले सम्बोधन गरेका थिए ।
बन्दसत्रमा जिल्लाभरका आठवटा पालिकाबाट सहभागी भएका अध्यक्ष गुरुङले बताए । चुमनुब्री, धार्चे र भीमसेन थापा गाउँपालिकामा भने संगठन विस्तार भइनसकेका कारण सहभागिता नरहेको उनले बताए ।
अधिवेशनको खुल्ला घोषणा सभा बिहिबार सोही ठाउँमा हुनेछ । सो घोषणा सभामा सर्वोच्च सभाका संगठन विभाग प्रमुख गणेशबहादुर राईले प्रमुख अतिथिको स्थानबाट सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।




