| आइतवार, कार्तिक २२, २०८३

पार्टी कार्यालयका बिषयमा नेकपाका दुई पक्षबिच बिवाद


दरौदी समाचारदाता
चाईनिज धारामा रहेको कार्यालय कसको स्वामित्वमा रहने भन्ने विषयमा नेपाल कम्यूनिष्ट पार्टीका दुई पक्ष बिच बिवाद चुलिएको छ । मंगलवार बिरोध कार्यक्रमको सुरु हुनु अघि प्रचण्ड(माधव पक्षधर नेता कार्यकर्ताले उक्त कार्यलय आफ्नो भएकाले त्यहाँबाट बिरोध र्‍याली सुरु गर्न पाउनुपर्ने अडान राखे । ओली पक्षधर नेता कार्यकर्ता कार्यालय भित्रै थिए उनीहरुले भने बिरोध कार्यक्रम सुरु गर्ने ठाउँ पार्टी कार्यालय नभएको तर्क गरे । दुई पक्ष बिचको बिवाद करिब एक घण्टा चल्यो ।
प्रहरीले प्रचण्ड(माधव पक्षधरलाई पार्टी कार्यालय सम्म जान रोक्ने प्रयास गरेपनि सकेन । नेता कार्यकर्ता प्रहरी घेरा तोडेर पार्टी कार्यालय पुगे । पूर्व एमालेको पार्टी कार्यालय रहेको चाईनिज धारा स्थित भबन नेकपा एक भएपछि नगर कमिटिको कार्यालयका रुपमा संचालित थियो । नगर कमिटिको कार्यालय भएकाले त्यहाँबाट बिरोध र्‍याली निकाल्न पाउनुपर्ने माग प्रचण्ड-माधव पक्षधर कार्यकर्ताको थियो । र्‍याली सुरु हुनु अघि पार्टी कार्यालयको बिवाद हुँदा माधव नेपाल पक्षधरका नेता कार्यालय परिसरमा धेरै देखिन्थे । पुर्व माओवादीका नेता भने सडकमा थिए । भित्र भने ओली पक्षधर नेता रहेका थिए ।
नेकपाका जिल्ला सचिव समेत रहेका ओली पक्षधर नेता प्रेम गुरुङले उक्त कार्यालय मदन आश्रीत स्मृती प्रतिष्ठानको भएकाले कुनै पक्षको स्वामित्वमा नरहेको बताए । ‘पहिले नगर पार्टी कार्यालय संचालन गर्ने समझ दारी भएको हो तर पार्टीको आधिकारीक कार्यालय पाटेचौर हो ।’ संस्थाको भबन भएकाले पार्टी कार्यालय राख्ने वैधानिक आधार नरहेको उनले बताए ।
प्रचण्ड माधव पक्षधरका नगरकमिटि अध्यक्ष विशेश्वर कट्टेलले उक्त कार्यालयले आफ्नो पनि रहेको बताएका छन् । पार्टी कार्यालयबाट पार्टीको गतिविधि हुन पाउनुपर्ने भन्दै उनी कार्यालय पुगेका थिए । कार्यालय बिवाद सँगै झडप हुन सक्ने भन्दै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । दुई पार्टी बिचको बिवाद बढ्दै जाँदा गोरखामा पनि कार्यालय कसको हुने भन्ने बिवाद चुलिँदो छ । पूर्व मओवादीको पाटेचौर स्थित कार्यालय भने दुई पार्टीको एकतापछि नेकपाको जिल्ला कार्यालयको रुपमा संचालित थियो । उक्त कार्यालयको विषयमा भने नेकपाका ओली पक्षधर नेता कार्यकर्ताले दावी गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्