
पुनर्गठन भएको ओली पक्षको नेकपा निर्वाचन आयोगमा दर्ता
नेपाल कम्युनिष्ट पार्टीले पुनर्गठित केन्द्रीय समितिको विवरण निर्वाचन आयोगमा दर्ता गराएको छ। नेकपाा अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी ढंगले केन्द्रीय समिति पुनर्गठनको निर्णय गरेको थियो।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एक घण्टाअघि पत्र दर्ता भएको जानकारी दिए।
‘एक घण्टाअघि केन्द्रीय कमिटीको पुनर्गठनसँग सम्बन्धित पत्र दर्ता भएको छ’, थपलियाले भने, ‘विधान संशोधन र केन्द्रीय समिति संख्या हेरफेर लगायतका विषयमा पनि कागजपत्र ल्याउँदै छौं भनेर भन्नु भएको छ।’




