
ओलीले एकलौटी थपे ५५६ केन्द्रीय सदस्य, भने–कसैलाई कारबाही गर्दिन, पार्टी पनि फुटाउदिन
फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा ५५६ जना केन्द्रीय सदस्य थपेका छन्।
मंगलबार बिहान बालुवाटारमा भएको आफूनिकट केन्द्रीय सदस्यको भेलामा ११९९ जना महाधिवेशन आयोजक समिति बनाउने भन्दै तत्काल ५५६ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेका हुन्।
नेकपामा अहिले ४ सय ४६ जना केन्द्रीय सदस्य छन्।
केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी हिजाे उनले मनाेनयन गरेका थिए। १ सय ९७ जना पछि थप्ने गरी ओलीले महाधिवेशन आयोजक समिति बनाउने योजना बनाएका छन्। मनोनित सदस्यहरूले आजै पद तथा गोपनीयता सपथ लिएका छन्।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू निकटको केन्द्रीय समिति बैठकमा पार्टी नफुटाउने र कसैलाई कारबाही पनि नगर्ने बताएका छन् ।
उनलाई प्रचण्ड समूहले कारबाहीको तयारी गरिरहेको बेला ओलीले भने यस्तो बताएका हुन् । यस्तै ओलीले एकलौटीरुपमा ११९९ सदस्सीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।
बालुवाटारमा जारी केन्द्रिय कमिटि बैठकलाई सम्बोधन गर्दै उनले बैठकमा बोल्दै उनले प्रचण्डलगायत कुनै पनि नेतामाथि कारबाही नगर्ने स्पष्ट पारे । ओलीको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘हामी पार्टी फुटाउँदैनौं, फुटाउन पनि चाहादैनौं । हामी कसैलाई कारबाही पनि गर्दैनौं ।’
उनले पार्टी एकता अझ सुदृढ बनाउने र महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने समेत बताए ।




