
विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका नेकपा सांसदहरुको छुट्छुट्टै भेला
विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका नेकपाका सांसदहरुले छुट्टाछुट्टै छलफल गर्ने भएका छन्।
अध्यक्ष ओली पक्षधर सांसदहरुको छलफल बालुवाटारमा बोलाइएको छ । ओली पक्षका सांसदहरुको भेला बिहान ९ बजे रहेको छ। यता प्रचण्ड-माधव पक्षधरका सांसदहरुको भेला बानेश्वस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको लोत्से हलमा दिउँसो १ बजे बोलाइएको नेता कृष्णभक्त पोखरेलले बताए।
दुवै पक्षको भेलामा संसद विघटन पछि सिर्जना भएको राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने नेताहरुले बताएका छन्।




