| सोमवार, कार्तिक २३, २०८३

दलित आयोगमा परशुराम रम्तेलको नाम सिफारिस, रम्तेलद्वारा अस्वीकार


सरकारद्वारा गठित दलित आयोगमा गोरखाका परशुराम रम्तेलको नाम पनि सिफारिस भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नियुक्त गरेका संवैधानिक आयोगमध्य देवराज विकको अध्यक्षतामा गठित दलित आयोगका सदस्यमा गोरखाका रम्तेल पनि नियुक्त भएका हुन् ।


यसैबीच नवनियुक्त सदस्य रम्तेलले आफू सो आयोगमा नरहेको दाबी गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो असहमतिका बाबजुद सदस्यमा नियुक्त गरिएको भन्दै आफू सो आयोगमा नरहेको स्पष्ट पारेका छन् ।

‘संविधानको मर्म र भावनाबिपरीत संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरी मन्त्री परिषदद्वारा गठन गरिएको राष्ट्रिय दलित आयोगमा सहमतिबिना मेरो नाम पनि उल्लेख भएको छ’, उनले लेखेका छन्, ‘नैतिक दृष्टिले पनि गलत तरिकाले गरिएको असंवैधानिक सिफारिस र संसद बिघटनको ठाडै विरोध र असहमति जाहेर गर्दछु । मेरो असंवैधानिक सिफारिसको भ्रममा नपर्न आग्रह गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्