
जसपाद्वारा ओली कदमको बिरोध
जनता समाजवादी पार्टी गोरखाले संविधान सभा बिघटनसम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा नारा जुलुश गरेका छन् । आइतबार साँझ गोरखा सदरमुकामको हरमटारीदेखि बसपार्कसम्म नारा जुलुश गरेका हुन् ।
‘संसद बिघटन फिर्ता गर, प्रतिगमन मुर्दावाद, संसदमाथिको हस्ताक्षेप मुर्दाबाद, असंवैधानिक कदम खारेज गर’ लगायतका नारासहितको जुलुश बसपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो ।
जसपाका गण्डकी प्रदेश सदस्य ज्योति कोइराला, जिल्ला सचिव विपिनचन्द्र ढकाल, कार्यालय सचिव रविन आचार्य लगायतले सो सभामा मन्तव्य ब्यक्त गरेका थिए ।




