| आइतवार, कार्तिक २२, २०८३

बारपाक सुलीकोटमा बहुउद्देश्यीय सभाहल भवनको सिलान्यास

बारपाक सुलीकोट गाउँपालिका वडा नं. ६ ताकुकोटस्थित कार्यपालिका भवनसंगै बहुउद्देश्यीय सभाहल निर्माण हुने भएको छ ।

प्रदेश सरकार र गाउँपालिकाको सहलगानीमा निर्माण हुन लागेको भवनको बिहिबार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले सिलान्यास गरेका छन् ।
सिराइचुली निर्माण कम्पनीले सो भवन निर्माणका लागि एक करोड २२ लाख रुपैयाँको ठेक्का सम्झौता गरिसकेको छ ।

कम्पनीले आउँदो जेठ महिनाभित्र भवन निर्माण गरिसक्ने गरी सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए ।भवन निर्माणका लागि यसबर्षका लागि ३५ लाख रुपैयाँ बिनियोजन गरिएको मन्त्री बस्नेतले सो कार्यक्रममा जानकारी गराएका थिए ।


प्रदेश सरकारको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा बहुउद्देश्यीय सभाहल निर्माण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न सिलान्यास समारोहमा मन्त्री बस्नेतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्