| सोमवार, कार्तिक २३, २०८३

यसबर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान नन्दकृष्ण जोशीलाइ

यसबर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक नन्दकृष्ण जोशीलाई प्रदान गरिएको छ । हालै भर्चुअल भेला गरी नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति जगमान गुरुङले लोकगायक जोशीलाई नगद रु २५ हजार र सम्मान पत्र प्रदान गरेका हुन् ।

तुलसीमान स्मृति समाजका अध्यक्ष सीताराम अधिकारीको अध्यक्षतामा संचालित उक्त कार्यक्रमलाई पिपलमणी सिग्देल, अमेरिका नेपाल पोलिसी रिर्सच सेन्टरका अध्यक्ष डा राजन पन्त, कृष्ण लामिछाने, अन्तराषर््िट्रय नेपालीे साहित्य समाजका महासचिब सर्वज्ञ वाग्ले, बोर्ड अफ ट्रष्टकी गीता खत्री, भक्त राई, प्राध्यापक बद्रीबिशाल भट्टराई, दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, राजेन्द्रप्रसाद अर्याल, निरजमान श्रेष्ठ, पालङ्टार नगरपालीकाका मेयर दिपक कँडेल, सम्मानित व्यक्तित्व नन्दकृष्ण जोशी, नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल र प्रमुख अतिथि जगमान गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

फोक्सोको क्यान्सरका कारण २०७३ सालमा देहावसान भएका तत्कालीन गोरखा क्याम्पसका प्रमुख, लोकसाहित्यका खोजकर्ता तुलसीमान श्रेष्ठको स्मृतिमा लोकसाहित्यमा योगदान दिने व्यक्तित्वलाई तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान प्रदान गरिँदै आएको छ ।

सोही क्रमको पहिलो बर्ष भाषा वैज्ञानिक तथा लोक साहित्यविद् प्राध्यापक डाक्टर चुणामणि बन्धु र दोस्रोबर्ष इतिहास तथा संस्कृतिका धरोहर सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्