| सोमवार, कार्तिक २३, २०८३

सरकार बिरुद्ध गोरखा सदरमुकाममा नेविसंघको सिठ्ठी जुलुस

नेपाल विद्यार्थी संघ गोरखाले सरकार बिरुद्ध सदरमुकाममा आईतवार साँझ सिठ्ठी जुलुस निकालेको छ ।

नेपाली कांग्रेसको पार्टी कार्यालय देखि सदरमुकामको हरमटारी चोक सम्म सिठ्ठी जुलुस गरिएको नेविसंघका जिल्ला उपाध्यक्ष शिबहरी तिमल्सिनाले जानकारी दिए ।
बर्तमान सरकारले देशमा बढ्दो बेथिति, बिसंगती, हत्या, हिंसा, बलात्कार, भष्ट्राचार रोक्न नसकेको भन्दै नेविसंघका नेता कार्यकर्ताले जुलुसमा चर्को आलोचना गरे ।

हरमटारी चोकमा आयोजित कोण सभामा बोल्दै नेबिसंघका जिल्ला अध्यक्ष शुबास अधिकारीले दुई तिहाई सरकारले जनताको चाहना र भाबना अनुरुप काम गर्न नसकेको बताउँदै राजिनामा दिनुपर्ने धारणा राखे । सरकार कानमा तेल हालेर बसेकाले जनताको कुरा सुनाउन सिठ्ठी जुलुस गरिएको नेविसंघ अध्यक्ष अधिकारीले बताए ।

साथै उनले एकपछि अर्को गर्दै भष्ट्राचारमा सरकार डुबेकाले शासन गर्ने नैतिक अधिकार नभएको आलोचना गरे ।
नेविसंघका पूर्व केन्द्रिय सदस्य पम्फा गान्धारीले सरकारको बेथिति बिरुद्ध नेविसंघले निरन्तर आन्दोलन र खबरदारी गरिदिने चेतवानी दिईन ।

मंसिर २९ गते सोमवार नेपाली कांग्रेसले देशब्यापी सरकार बिरुद्ध प्रर्दशन गर्ने कार्यक्रम तय गरेको छ । उक्त कार्यक्रमको पूर्व सन्ध्यामा सिठ्ठी जुलुस गरिएको सचिव मिलनसिंह बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्