
शिक्षक, स्वयमशेविका र महिलाहरुलाई आधारभुत आँखा सुरक्षा तालिम
गोरखा लायन्स आँखा सर्जिकल सेन्टर तथा लायन्स क्लव अफ गोरखाको आयोजना र आई केयर फाउण्डेशन नेपालको सहयोगमा तीन दिने आँखा सुरक्षा संम्बन्धि तालिम सुरु भएको छ ।
भिमसेन थापा गाउँपालिकाको घ्याम्पेशालमा शुक्रवारदेखि आईतवार सम्म तालिम संचालन हुने लायन्स क्लव अफ गोरखाका अध्यक्ष श्यामबाबु श्रेष्ठले बताए ।
शुक्रवारको तालिममा २० जना महिला स्वयमशेविका, शनिवार ३० जना शिक्षक सहभागी भएका छन् भने आईतवार महिला समुहहरुमा आवद्ध ३० जना सहभागी हुनेछन् ।
सहभागिलाई हिमालय आँखा अस्पतालका चिकित्सकले प्रशिक्षण दिएका छन् । कसरी आँखाको सुरक्षा गर्न सकिन्छ भन्ने विषयमा सहभागीलाई जानकारी गराइएको छ ।
समुदायमा अन्य मानिसहरुलाई पनि आँखाको सुरक्षाका बारेमा जानकारी दिन सक्ने भएकाले महिला स्वास्थ्य स्वयमशेवि का, शिक्षक, समुहमा आवद्धहरुलाई तालिममा सहभागी गराइएको अध्यक्ष श्रेष्ठले बताए ।




