
ठोट्नेरीका अनाथ राजेशलाई बालमन्दिरमा उद्धार
बारपाक सुलीकोट गाउँपालिका ३ ठोट्नेरीका एक बालकलाई बालमन्दिरको अनाथालयमा उद्धार गरिएको छ । स्थानीय १० बर्षका राजेश गुरुङलाई शिक्षिका सलिना गुरुङको समन्वयमा गोरखा सदरमुकामको बालमन्दिर माविको अनाथालयमा उद्धार गरिएको हो ।
बुबाको पहिचान नभएको, जन्म दिने आमा पनि अर्का श्रीमानसँग गएपछि उनलाई हजूरआमाले सहारा दिदै आएकी थिइन् । हजूरआमाको पनि निधन भएपछि गत आठ महिनादेखि उनी सहाराबिहिन थिए ।
आमाको फुपूको घरमा बस्दै आएका उनलाई शिक्षिका गुरुङले आइतबार बालमन्दिर अनाथालयमा उद्धार गरिएको हो ।

उद्धार गर्दै शिक्षिका गुरुङले अनाथालयका अनाथहरुका लागि नगद १० हजार रुपैयाँ पनि हस्तान्तरण गरेकी थिइन् ।
बालक गुरुङलाई अनाथालयमा राख्दै बालमन्दिरका प्रधानाध्यापक लुमनाथ लामिछानेले मानवता प्रर्दशन गरेकामा शिक्षिका गुरुङलाई धन्यवाद ज्ञापन गरेका थिए ।





