
कांग्रेस नेता पौडेललाई रिहाईको माग गर्दै गोरखामा नेविसंघको प्रर्दशन
गृहजिल्लाबाट पक्राउ परेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई रिहाईको माग गर्दै नेपाल विद्यार्थी संघ गोरखाले सदरमुकाममा प्रर्दशन गरेको छ ।
सदरमुकामको बसपार्क देखि हरमटारी सम्म नाराबाजी सहित प्रर्दशन गरेका हुन् ।
पक्राउ परेका नेता पौडेलको तत्काल रिहाईको माग सहित प्रर्दशनमा उत्रिएकाहरुले सरकारको चर्को आलोचना गर्दै नाराबाजी गरेका नेविसंघका जिल्ला उपाध्यक्ष शिवहरी तिमल्सिनाले बताए ।
प्रर्दशनपछि सदरमुकामको हरमटारी चोकमा आयोजित कोण सभामा बोल्दै नेविसंघ अध्यक्ष सुवास अधिकारीले लोकतन्त्र ल्याउन योगदान गर्ने नेतालाई पक्राउ गर्नु लज्जासपद भएको भन्दै सरकारको आलोचन गरे ।
साथै उनले नेपाली जनताले अहिलेको सरकारबाट शान्ति सुरक्षाको अनुभुती गर्न नपाएको बताउँदै बिगतका घटनाक्रम र अहिलेको अवस्थाले त्यसको पुष्टि गर्ने दावी गरे । नेविसंघको नेतृत्वमा भएको प्रर्दशनमा तरुण दल, नेपाली कांग्रेसका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।
पक्राउ परेका नेता पौडेललाई तत्काल रिहा नगरे थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने उनले बताए । पुल उद्घाटन कार्यक्रममा सहभागी हुन तनहुँ पुगेका नेता पौडेललाई कार्यक्रम स्थलमा झडप हुन सक्ने भन्दै प्रहरीले पक्राउ गरेको थियो ।




