| सोमवार, कार्तिक २३, २०८३

द्रब्यशाह क्याम्पस क्यूएए प्राप्तिको अन्तिम चरणमा

गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त गर्ने अन्तिम प्रक्रियामा रहेको द्रब्यशाह बहुमुखी क्याम्पसमा समकक्षीय मूल्याङ्क कार्यक्रम सम्पन्न भएको छ । भर्चुअल विधिबाट मंसीर १४ देखि १६ सम्म तीनदिने कार्यक्रममा क्याम्पस संचालक समिति, प्राध्यापक, कर्मचारी, अभिभावक, विद्यार्थी तथा पूर्व विद्यार्थी सहभागी थिए ।

विश्वविद्यालय अनुदान आयोग द्वारा गठित समकक्षीय मूल्याङ्क संयोजक प्रा.डा.शिवकुमार राई, जवहरलाल नेहरु विश्वाविद्यालयका प्रा.डा.अमरेश दुवे, प्रा.डा. सुनिति हाडा श्रेष्ठ, प्रा.डा.बालमुकुन्द भण्डारीे र विश्वविद्यालय अनुदान आयोगका गुणस्तर सुनिश्चितता प्रत्यायन डिभिजनका प्रतिनिधि आश्मा अधिकारी सहितको टिमले क्याम्पसको भौतिक आर्थिक तथा शैक्षिक गतिविधिका बारेमा जानकारी लिएका थिए ।

क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले विज्ञ टिमबाट प्राप्त सुझाव क्याम्पसले कार्यान्वयन गरी गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणिकरणको लागि क्याम्पस अघि बढिरहेको बताए ।

‘क्यूएए मान्यता प्राप्त गर्ने प्रक्रिया सकियो’ क्याम्पस प्रमुख दुवाडीले भने ‘अहिले मूल्याङ्कन गर्नुभएको समितिले विश्वविद्यालय अनुदान आयोगलाई सिफारिस गर्छ, त्यसपछि आयोगले निणर्य गर्नु पर्नेछ ।’ आयोगको निणर्यपछि द्रब्यशाह बहुमूखी क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्