| सोमवार, कार्तिक २३, २०८३

गोरखा र गोरखपुर बिच भगिनी संम्बन्ध गाँस्न भारतिय बिदेश सचिव सँग मेयरको प्रस्ताब

गोरखा नगरपालिकाका नगरप्रमुख मेयर राजनराज पन्तले गोरखा नगरपालिका र भारतको गोरखपुर निगम सँग भगिनि सम्बन्ध गाँस्ने प्रस्ताब गरेका छन् ।

शुक्रवार भारत सरकारको सहयोगमा गोरखा नगरपालिका भित्र निर्माण भएको तीनवटा विद्यालय भबन उद्घाटन गर्न आएका भारतिय बिदेश सचिव हर्षवद्र्धन श्रृङ्गलालाई उनले औपचारीक रुपमा कार्यक्रममै उक्त अनुरोध गरेका हुन् ।
कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख पन्तले सचिव श्रृङ्गलालाई गोरखाको गोरखनाथ मन्दिर, भारतमा रहेको गोर्खा सैनिक आदी कारणले दुई देश बिच धार्मीक र सामाजिक संम्बन्ध रहेको पनि बताए ।

गोरखा नगरपालिका र भारतको गोरखपुर बिच भगिनी संम्बन्ध कायमको प्रस्ताव गर्दै मेयर पन्तले सहयोग गरिदिन अनुरोध गरे । यो सम्ंबन्धले दुई देश बिचको मैत्री सम्ंबन्ध अझै बलियो हुने र गोरखा नगरले पनि छिमेकीबाट केही सिक्ने, सहयोगको अवसर मिल्ने मेयर पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्