| आइतवार, कार्तिक २२, २०८३

रु. दुई लाख ७१ हजार सहित फुजेलबाट जुवाडे पक्राउ


गोरखा प्रहरीले दुई लाख ७१ हजार पाँच सय २० रुपैयाँ सहित जुवाडेलाई पक्राउ गरेको छ । गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलबाट प्रहरीले गएराती उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।


स्थानीय जनक भण्डारीको घरमा कौडा खेलिरहेका घरधनी भण्डारी, धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ का ६३ वर्षिय खुमबहादुर अर्याल र ज्वालामुखी गाउँपालिकाकै वडा नम्बर २ को २२ वर्षिय राजकुमार थापालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट कौडा पनि बरामद भएको छ ।


उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट बिहिवार १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ‘पछिल्लो समय जुवातास नियन्त्रण गर्न प्रहरी सक्रिया रहेको र निरन्तर निगरानी बढाएको एसपी गुरुङले बताए ।


जुवा हुँदैछ भन्ने सुचना पाएपछि डिएसपी बासुदेव खतिवडा सहितको प्रहरी टोली त्यसतर्फ गएको थियो ।

धेरै संख्यामा रहेको स्थानीयले जुवा खेल्नेहरुलाई पक्राउ गर्न डिएसपी सहितको टोलीलाई अवरोध गरेपछि प्रहरी प्रमुख एसपी सहितको टोली सदरमुकामबाट गएको हो ।


प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङ, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक टेकराज तिमल्सिना, सशस्त्र प्रहरी बल गुल्म गोरखाका डिएसपी राजेन्द्र अधिकारीको टोली त्यसतर्फ गएको थियो । उक्त टोलीले जुवा खेल्नेहरुलाई पक्राउ गरेर बिहिवार बिहान जिल्ला प्रहरी कार्यालय ल्याएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्