| सोमवार, कार्तिक २३, २०८३

गोरखा नगरपालिका भित्र १६ जना कोरोना संक्रमित थपिए

गोरखा नगरपालिका भित्र मंगलवार एकै दिन १६ जना कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वडा नम्बर ९ मा सात जना, ८ मा चार जना, ५ मा एक जना, ३ को दुई जना र नगरपालिका क्षेत्र भित्र कार्यरत दुई जना कर्मचारी सहित १६ जनालाई संक्रमण भएको हो ।
संक्रमित सबै होम आईशोलेसनमा रहेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए ।

यस अघि नगरक्षेत्रमा २० जना आइशोलेसनमा थिए । थपिएका सहित ३६ जना आइशोलेसनमा छन् । जिल्ला भित्र आइशोलेसनमा रहेकाहरुको संख्या एक सय १७ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले सम्म गोरखा भित्र कोरोना संक्रमितको संख्या ६ सय ५८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्