
मालपोत कार्यालय गोरखामा बार अनुसार सेवा
मालपोत कार्यालयबाट प्रवाह हुने सेवाका लागी समय तालिका र बार निर्धारण गरिएको छ । कोरोना संक्रमण भएर केही कर्मचारी आइसोलेसनमै रहेका कारण सेवाका लागी बार छुट्याइएको कार्यालय प्रमुख देबेन्द्र थापाले बताए ।
आइतवार, मंगलवार र बिहीवार धितो र पासको काम हुनेछ । सोमवार, बुधवार र शुक्रवार जग्गाको कारोवार सम्बन्धी सेवा दिइनेछ । धितो, फुकुवा र लिखित सम्बन्धी सेवालाइ बार छ्ुट्याइए पनि नामसारी, प्रतिलिपी लगायतका सामान्य सेवाका लागी समय तालिका निर्धारण नभएको उनले बताए ।
कार्यालय आउने सेवाग्राहीलाइ लिखित विवरण भरेर टोकन उपलब्ध गराउने र सेवा दिने दिन निर्धारण गरेर पठाउने गरिएको प्रमुख थापाले बताए ।




