
बारपाक सुलिकोटको चौमासिक समिक्षा सम्पन्न
बारपाक सुलीकोट गाउँपालिकाले चालु आर्थिक बर्षको प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । आइतबार गाउँ कार्यपालिका सदस्य तथा कार्यालयका सबै शाखाका कर्मचारीहरु बीच प्रगति समीक्षा गरेको हो ।
गाउँपालिकाका अध्यक्ष विष्णु भट्टको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रशासन शाखाको प्रगतिका बारेमा इश्वरी पनेरु, युवा खेलकुद तथा शिक्षा शाखाले सञ्चालन गरेका कार्यक्रमको बारेमा वसन्तराज भट्ट, प्राविधिक शाखाका सुजन अम्गाई, कृषि सेवा शाखाका विनोद विश्वकर्माले प्रगति समीक्षा प्रस्तुत गरेका थिए ।
त्यस्तै पशुसेवा शाखाको प्रगतिको बारेमा अमृत पोखरेलले, आर्थिक प्रशाशन शाखाको बारेमा कल्पना पौडेलले, रोजगार शाखाको प्रगतिको बारेमा गीता देवकोटाले, योजना तथा अनुगमन शाखाको प्रगतिको बारेमा अजय सुवेदीले प्रस्तुती गरेका थिए ।
त्यस्तै न्यायिक समितिको प्रगतिका बारेमा अजय सुवेदीले, सामाजिक सुरक्षा तथा पञ्जीकरणको बारेमा राजिन गुरुङले स्वास्थ्य शाखाका बारेमा मोदराज भट्टले प्रस्तुत गरेका थिए ।
त्यस्तै महिला तथा बालबालिकाको शाखाले गरेको प्रगतिका बारेमा लालमाया तामाङले, सूचना प्रविधिका बारेमा प्रतिमा अधिकारीले, भण्डारण शाखाको बारेमा गंगबहादुर घले र समग्र गतिविधिका बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सबैले पेश गरेका प्रतिवेदनका बारेमा नेकपाका नरबहादुर गुरुङ, नेपाली कांग्रेसका निर्मल धितालले र जनता समाजवादी पार्टीका तेजबहादुर गुरुङले टिप्पणी गरेका थिए । बिभिन्न ब्यक्तिबाट उठेका सवालका बारेमा गाउँपालिकाका अध्यक्ष भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र सम्बन्धित शाखाका प्रतिनिधिले जवाफ दिएका थिए ।




