
मन्त्री रामशरण बस्नेतद्वारा सांसद कोषको योजना र बजेट बाँडफाँट
भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले आफ्नो संसदीय क्षेत्रको बजेट तथा कार्यक्रम बाँडफाँट गरेका छन् ।
गत कात्तिक २७ गते मन्त्री बस्नेतको अध्यक्षतामा सम्पन्न निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम, निर्देशक समितिको बैठकले गोरखा क्षेत्र नं. १ को प्रदेश नं ख का लागि बिभिन्न २५ वटा कार्यक्रमका लागि दुई करोड रुपैयाँ बाँडफाँट गरेको हो ।
चारवटा गाउँपालिका पर्ने उक्त क्षेत्रमा चुमनुब्री गाउँपालिकाको लागि बिभिन्न चारवटा योजनामा ३३ लाख रुपैयाँ बिनियोजन गरिएको छ । धार्चे गाउँपालिका भित्र ६ वटा योजनामा ३८ लाख छुट्याइएको छ भने आरुघाट गाउँपालिकाभित्र सात वटा योजनामा ६२ लाख रकम बिनियोजन गरिएको छ । भिमसेन थापा गाउँपालिकामा आठ वटा योजनामा ६२ लाख र पाँच लाख रुपैयाँ प्रशासनिक खर्च छुट्याउने गरी निर्णय भएको निर्देशक समितिका सचिव एवं पूर्वाधार बिकास कार्यालय गोरखाका प्रमुख दयाराम अधिकारीले बताए ।
चुमुनब्री गाउँपालिकाको वडा नम्बर ४ मा घेराङ खोला झरना हेर्ने प्रतिक्षालय निर्माणमा ११ लाख, वडा नम्बर ३ को पाङ्सिङ विद्यालय कम्पाउण्डको लागि १० लाख, वडा नम्बर ६ को थुम्जेदेखि लुङटाङ हुँदै गणेश हिमाल बेश क्याम्प–चुम्चेत फुट टे«लका लागि सात लाख, वडा नम्बर ७ को हुटुङ पारी मथङग गोठ मुनी हुँदै चुम्चेतको गो जाने गोरेटोबाटो निर्माणमा पाँच लाख बिनियोजन गरिएको छ ।
यस्तै धार्चे गाउँपालिका वडा नम्बर ३ खोर्लागाउँमा पर्यटक प्रतिक्षालय निर्माणमा चार लाख, धार्चे ५ गुम्दामा शहिद थमरा पार्क तथा प्रतिक्षालय निर्माणमा तीन लाख, लालिगुराँस युवा क्लवको खेलमैदान निर्माणमा धार्चे ४ लाप्राकका लागि चार लाख, वडा नम्बर ३ उहियामा धार्चे रेन्बो ट्राउट एण्ड अर्गानिक होम पूर्वाधार निर्माण गर्न ११ लाख, धार्चे ६ काशिगाउँको काशिगाउँ खेलमैदान मर्मत तथा प्याराफिट निर्माणमा ११ लाख र वडा नम्बर ७ मा फोलोङ बहुउद्देश्यीय बाख्रा फर्मको पूर्वाधार निर्माणका लागि पाँच लाख रुपैयाँ छुट्याइएको छ ।
आरुघाट गाउँपालिका वडा नम्बर २ मान्बुमा दलित तथा जनजाती उत्थान महिला समुह भबन निर्माण चार लाख, वडा नम्बर ४ आर्खेतमा बागबजार ढलानका लागि सात लाख, वडा नम्बर १० आरुपोखरीमा ग्यापिङथोक साततलेभिर पिपलडाँडा मोटरबाटो निर्माणमा आठ लाख, वडा नम्बर ९ मा आरुटार युवा क्लव खेलकुदमैदान निर्माणमा सात लाख, वडा नम्बर ४ राजन एण्ड राजेश कृषि तथा पशुपन्छी फर्मममा पूर्वाधार निर्माणका लागि छ लाख, वडा नम्बर ३ मा नेवोट पोखरी देउराली मोटरबाटो निर्माणमा २५ लाख, वडा नम्बर १० को आदर्श नमुना पशुपन्छी तथा कृषि फार्मको पूर्वाधार निर्माण गर्न पाँच लाख बिनियोजन गरिएको छ ।
यस्तै भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ कुमालदेवी मन्दिर निर्माण का लागि तीन लाख, डाँडागाउँ पहेलडाँडा सिनकौली तान्द्राङ खोला कृषि सडक निर्माणका लागि १२ लाख, वडा नम्बर ६ मा झिंगटे मुस्लिम समुदाय ट्रस्ट भबन निर्माणका लागि चार लाख, वडा नम्बर ४ को बालुवाटार युवा क्लव पूर्वाधार निर्माणमा तीन लाख, स्टार यूवा क्लवको मैदान निर्माणमा पाँच लाख, वडा नम्बर ३ मा दलित समुदाय भबन निर्माणमा पाँचलाख, वडा नम्बर ७ को कमलपोखरी खेलकुद मैदान निर्माणमा पाँच लाख, कोयापानी ताराखसे जोगिडाँडा सिमलफेद सडक निर्माणमा २५ लाख रुपैयाँ छुट्याइएको छ ।
गोरखामा प्रदेश स्तरका चारवटै क्षेत्रको संसदीय क्षेत्रको बजेट तथा कार्यक्रम बाँडफाँट भईसकेको छ ।




