| सोमवार, कार्तिक २३, २०८३

गोरखामा नौ हजार जनाको पिसिआर जाँच गर्दा छ सय १९ संक्रमित

गोरखामा नौ हजार चार सय ४५ जनाको पिसिआर परीक्षण भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त परीक्षण हुँदा अहिले सम्म छ सय १९ जना कोरोना संक्रमित भएका छन् । उनीहरु मध्ये आठ हजार आठ सय ३८ जनाको रिर्पोट भने नेगेटिभ आएको छ ।

स्वाब संकलन गरिएका मध्ये १२६ जनाको रिर्पोट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमणका कारण गोरखा जिल्लामै उपचारको क्रममा ३ जनाको ज्यान गएको छ भने अन्यत्र उपचार गराउन गएका ८ जना गोरखालीहरुले कोरोना संक्रमणका ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्