
गोरखा २ को प्रदेश ‘क’ को योजना र बजेट छनौट (बिवरण सहित)
गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ ‘क’ का सांसदले निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रमको योजना र बजेट बिनियोजन गरेका छन् ।
निर्वाचन क्षेत्र ‘क’ का सांसद हरिशरण आचार्यको संयोजकत्वमा निर्वाचन क्षेत्र पूर्वाधार बिकास कार्यक्रम संचालन कार्यविधि अनुसार कार्यक्रम निर्देशक समितिको बैठकले योजना सहित बजेट विनियोजन गरेको हो ।
गोरखा नगरपालिका कार्यालय–सिमलगैरी नौबिसे सडक स्तरोन्नतिका लागि २५ लाख, ठाँटीपोखरी चोकदेखि समिचौतारा देउराली सडकका लागि २५ लाख बिनियोजन गरिएको छ । पालुङटार नगरपालिका २ को रातडाँडा युवा क्लव खेलमैदान निर्माणका लागि १५लाख बिनियोजन गरिएको छ ।
यस्तै गोरखा नगरपालिका ९ को शिखर सामुदायिक भबन निर्माणका लागि १० लाख, गोनपा १० को चाईनिज क्याम्प देखि सिर्दीखोला (रेग्मीटोल) सडक निर्माण पाँच लाख, गोनपा १० चिप्लेटीदेखि बरसिंह हुँदै ढकालगाउँ सडक स्तरोन्नतीका लागि चार लाख बिनियोजन गरिएको छ ।
गोनपा १२ को दरैटार,आहालेटार, देविटार, बाख्रा तथा सुंगुर बुंगुर खोर निर्माणका लागि नौ लाख, गोनपा १३ साद्दोबाटो घोरु थुम्का खेलमैदान निर्माणका लागि १० लाख, गोनपा १४ अकला मन्दिर निर्माणका लागि १० लाख, पालुङटार नगरपालिका १ को नेपाल प्रेस्टिकेन चर्च घेराबारका लागि तीन लाख, पानपा २ को महिला समुह भबन निर्माणका लागि आठ लाख, सोही ठाउँका पाङ्ग्रेखोला, डुण्डुरेखोला हुँदै नौबिसे कृषि सडकको नयाँ ट्रयाक खोल्न पाँच लाख बिनियोजन गरिएको छ ।
पानपा ३ लामागरा सामुदायिक भबन निर्माणमा आठ लाख, पानपा ४ को बेल्टार धारपानी, थानसिंङ लिफ्टीङ खानेपानीका लागि १० लाख, पानपा ६ को भुमिस्थान मन्दिर गुम्बा खानेपानीका लागि तीन लाख बिनियोजन गरिएको छ ।
छनौट भएका योजना कार्यन्वयन गर्ने निर्णय समितिको बुधवार बसेको बैठकले गरेको छ ।
बैठकमा सांसद हरिशरण आचार्य, पूर्वाधार बिकास कार्यालय गोरखाका प्रमुख दयाराम अधिकारी, इन्जिनियर गणेश सुवेदी, लेखा अधिकृत महेन्द्र कुमार राई, खरिदार ईश्वरबन्धु सुवेदी लगायतको उपस्थिती रहेको थियो ।




