| आइतवार, कार्तिक २२, २०८३

गोरखामा मंगलवार १४ जना कोरोना संक्रमित थपिए

गोरखामा मंगलवार १४ जना कोरोना संक्रमित थपिएका छन् । गोरखा नगरपालिका वडा नम्बर ४ को दुई जना, ८ को एक, ९ को एक, १२ को दुई र १४ को एक जना गरी सात जना रहेका छन् । यी मध्ये दुई जना कर्मचारी र एक जना शिक्षक हुन् ।

अजिरकोट गाउँपालिकामा तीन महिला र एक पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए ।

गोरखा अस्पतालमा जाँच गर्न आएका दुई महिला र एक पुरुष गरी तीन जनामा संक्रमण पुष्टि भएको छ । यस सँगै मंगलवार १४ जना संक्रमित थपिएका छन् । गोरखामा जम्मा संक्रमितको संख्या पाँच सय ४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्