
आरुघाट गाउँपालिकाका जनप्रतिनिधिद्वारा कोरोना कोषमा दुई लाख भन्दाबढि सहयोग
गोरखाको आरुघाट गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो सेवा सुविधाबाट दुई लाख भन्दाबढि रकम कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि खर्च गरेका छन् ।
गाउँपालिकाका ५३ जना जनप्रतिनिधिले गाउँपालिकाको प्रकोप ब्यवस्थापन कोषमा दुई लाख दुई हजार रुपैयाँ जम्मा गरेको प्रमुख प्रशाकिय अधिकृत एकदेव खनालले बताए ।
गाउँपालिका अध्यक्षले १० हजार, उपाध्यक्षले सात हजार, वडा अध्यक्ष र कार्यपालिका सदस्यले पाँच हजार र वडा सदस्यले तीन हजार रुपैयाँ कोरोना उपचार र नियन्त्रणमा खर्च गर्ने गरी सम्मा गरेका हुन् ।
गाउँपालिकाका कर्मचारीले यस अघि नै पाँच दिनको तलब उक्त कोषमा राखेका थिए ।
आरुघाट गाउँपालिकाले कोभिड १९ को संक्रमण रोकथाम नियन्त्रण र राहत बितरणमा गरी अहिले सम्म करिब ४५ लाख रुपैयाँ खर्च गरेको प्रमुख प्रशासकिय अधिकृत खनालले जानकारी दिए ।




