| आइतवार, कार्तिक २२, २०८३

युएनडीपिद्वारा गोरखाका ८ स्थानीय तहको १६ ठाउँमा पहिरो रोकथाम कार्यक्रम संचालन

पहिरोको जोखिम न्यूनिकरणका लागि यूएनडीपिले गोरखाका बिभिन्न ८ वटा स्थानीय तहमा पहिरो रोकथाम कार्यक्रम संचालन गर्ने भएको छ ।
भू जैविक प्रविधि (वायोइन्जिनियरिङ) मार्फत यूएनडीपिको सहजिकरणमा बिभिन्न १० ठाउँमा पहिरो नियन्त्रण र रोकथामको काम सकिएको र बाँकी ६ ठाउँमा चलिरहेको परियोजना अन्र्तगत युएनडीपिका विज्ञ डा. संजय देवकोटाले बताए ।

पहिरो रोकथामका लागि गोरखा र पालुङटार नगरपालिका, अजिरकोट, आरुघाट गण्डकी, धार्चे, शहिदलखन र सिरानचोक गाँउपालिकाका विभिन्न वडामा प्राविधिक तथा आर्थिक सहजिकरण गरिएको छ । बर्षायाम सुरु भएसंगै गोरखा लगायत नेपालको पहाडी भूभागमा पहिरोका कारण हुन सक्ने क्षति न्यूनिकरणका लागि पालिकासंगको समन्वयमा प्रकोप रोकथामको कार्य अगाडी बढाइएको हो ।

परियोजना अन्र्तगत युएनडीपिका विज्ञ डा. संजय देवकोटाले संकटासन्न समुदायको जीविकोपार्जन अभिवृद्धि गर्न परियोजनाले सहयोग पुग्ने बताए । गुणस्तरीय कार्यका लागि स्थलगत रुपमा प्राविधिक जनशक्ति परिचालन गरेर काम भईरहेको परियोजनाका फिल्ड इन्जिनियर सुनोज जोशीले बताए । युएनडीपिको आर्थिक तथा प्राविधिक सहयोगमा गोरेटो गोरखाको सहकार्यमा परियोजना संचालित छ ।

गण्डकी गाँउपालिकामा पहिरो रोकथामका लागि भएको प्राविधिक सहयोगले धेरै राहत पुगेको वडा नम्बर २ पाथिस्वाँराका स्थानीय टेक बहादुर गुरुङ बताउँछन् ।
भू जैविक प्रविधिबारे केही पनि जानकारी नभएको अवस्थामा त्यसबारे बुझाएर पहिरो न्यूनिकरणका लागि स्थानीय स्तरमा पाइने सामग्रीबाट पहिरोको रोकथाम बारे युएनडीपिले जानकारी दिएपछि स्थानीय खुस छन् ।

भू–जैविकि प्रविधि मार्फत स्थानीय स्तरमा उपलब्ध हुने अमरिसो, निगालो,उतिश, असुरो, बाँस आदि हरित प्रविधिको उपयोग गरेर समेत पहिरो जस्ता प्रकोप न्यूनिकरण गर्न सकिन्छ ।
पालुङटार नगरपालिकाका नगरप्रमुख दिपकबाबु कंडेलले पहिरोबाट हुने क्षति न्यूनिकरणका लागि स्थानीयस्तरमा बायोइन्जिनियरिंङ प्रविधिबाट प्राविधिक सहजिकरण, जनचेतना तथा तालिम लाई निरन्तरता दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्