| सोमवार, कार्तिक २३, २०८३

गोरखामा आज २० जना कोरोना संक्रमित थपिए

गोरखामा आज २० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । गोरखा नगरपालिका क्षेत्रमा १४ जना पुरुष र पाँच जना महिला थपिएका छन् । भने शहिदलखन गाउँपालिकामा १ जना रहेका छन् ।
गोरखा नगरपालिका वडा नम्बर ३ को एक जना, ६ को नौ जना, ८ को पाँच जना, ९ को दुई जना, ११ को दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए ।

शनिवार थपिएका २० जना मात्रै रहेको र प्रदेश जनस्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तीमा शुक्रवार रिपोर्ट आइसकेका ११ जनाको पनि बिवरण उल्लेख हुँदा संख्या ३१ देखिएको छ ।
पालुङटार नगरपालिका र अजिरकोट गाउँपालिकाको ११ जनाको रिपोर्ट शुक्रवार नै पोजेटिभ आईसकेको र पुन बिज्ञप्तीमा दोहोरिएको हुन सक्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या पाँच सय १५ पुगेको छ भने करिब ८० जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ । पछिल्लो समय संक्रमितको संख्या दिनदिनै बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्