| सोमवार, कार्तिक २३, २०८३

गोरखामा युवतीहरुद्वारा बलात्कार विरुद्ध प्रर्दशन

बढ्दो बलात्कार र हिंसाका बिरुद्धका गोरखामा शनिवार युवतीहरुले प्रर्दशन गरेका छन् । स्वस्फूर्त भेला भएका २५ भन्दाबढि युवतीहरुले कालो लुगा, कालो पट्टी र मास्क लगाएर बिरोध जनाएका हुन् ।
‘बलात्कार बिरुद्ध हाम्रो प्रर्दशन हो’ बिरोध प्रर्दशनको अगुवाई गरेकी सुमित्रा मग्रातीले भनिन् ‘दिनदिनै बलात्कारको घटना बढेको छ, यसको अन्त्य गर्न हामी चरणवद्ध आन्दोलन, बिरोधका कार्यक्रम गर्छौँ ।’

बलात्कारको लिंग हुँदैन, घर भित्रै पनि होशियार, हामी चुप कहिले सम्म, अझै कति सहने लगायत नारा लेखिएका प्लेकार्ड उनीहरुले बोकेका थिए ।
अभियानता बिभुती पोखरेलले बलात्कार र हिंसा बिरुद्धको कविता बाचन गरेकी थिईन ।

कानुनलाई अझै कडा बनाउनुपर्ने, हद म्याद थप गर्नुपर्ने सहित मागहरु पनि उनीहरुले राखेका छन् ।

करिब एक घण्टा सम्म सदरमुकामको हरमटारी चोकमा भेला भएका युवतीहरुले बलात्कार बिरुद्धका नारा समेत लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्