| आइतवार, कार्तिक २२, २०८३

सामागाउँमा मध्यकात्तिकमै हिमपात

गोरखा : गोरखाको सामागाउँमा हिमपात सुरु भएको छ । चिसो बढ्न थालेपछि मंगलबारदेखि हिउँ पर्न सुरु गरेको चुमनुब्री १ का वडाअध्यक्ष वीरबहादुर लामाले जानकारी दिए ।
‘मङ्गलबारदेखि सामागाउँमा हिउँ पर्न सुरु गरेको छ’, लामाले भने, ‘धेरै बाक्लो त परेको छैन, तर लेकदेखि गाउँसम्म सेताम्मै भएको छ ।’ हिउँ पर्न थालेपछि जनजीवन पनि प्रभावित भएको उनले बताए ।
यसअघि मंसीर, पुसतिर मात्र हिउँ पर्ने गरेकोमा यसबर्ष मध्य कात्तिकमै हिउँ परेको उनले बताए । ‘यसरी कात्तिकमै हिउँ पर्दैनथ्यो । यसपटक पर्यो’, उनले भने, ‘बेलैदेखि हिउँ परेपछि खेतीपाती राम्रो हुन्छ त्यसैले ठिकै भएको छ ।’

प्रतिक्रिया दिनुहोस्