| सोमवार, कार्तिक २३, २०८३

गोरखामा चार जनालाई कोरोना, १ सय १७ जनाको रिपोर्ट आउन बाँकी

गोरखामा शुक्रवार चार जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

पालुङटार नगरपालिकाका तीन र सिरानचोक गाउँपालिकाका एक जनामा कोरोना पुष्टी भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको हो ।
पालुङटारका संक्रमित वडा नम्वर २ की २५ बर्षीय महिला र वडा नम्वर ८ का ४६ र ७३ बर्षीय पुरुष रहेका छन् ।

यस्तै सिरानचोक गाउँपालिकाका संक्रमित वडा नम्वर ४ का २१ बर्षीय पुरुष रहेका छन् । पिसिआर परिक्षणका लागी स्वाव संकलन गरिएका मध्य १ सय १७ जनाको रिपोर्ट अझै आउन बाँकी रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

कार्यालयका अनुसार ८ हजार ६१९ जनाको स्वाव संकलन गरिएका मध्य ८ हजार ५ सय २ जनाको रिपोर्ट आएको हो ।

प्रतिक्रिया दिनुहोस्