| आइतवार, कार्तिक २२, २०८३

एक लाख ४६ हजार सहित गोरखामा मध्येराती १२ जना जुवाडे पक्राउ

गोरखा नगरपालिका ४ पन्थेश्वाँराबाट गएराती १२ जना जुवाडे पक्राउ परेका छन् । एक लाख ४६ हजार रुपैयाँ नगद सहित कौडा खेलीरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको एसपी सुरेन्द्र गुरुङले बताए ।
कृष्णबहादुर खनखवासको घरमा कौडा खेलिरहेको अवस्थामा ३९ वटा कौडा पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चाडबाड नजिकिएसँगै जुवा तास खेल्ने, खेलाउने गतिविधि बढेपछि प्रहरीले निग्रानी बढाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्