| सोमवार, कार्तिक २३, २०८३

शहिदलखन र देवघाट गाउँपालिका बिच भगिनी सम्बन्ध


गोरखाको शहिद लखन गाउँपालिका र तनहुँको देवघाट गाउँपालिका वीच भगिनी सम्बन्ध जोडिएको छ । शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर र देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर थापाले सम्झौता पत्रमा हस्ताक्षर गरी मित्रता कायम रहेको घोषणा गरेका हुन् ।

दुवै गाउँपालिकामा रहेका धार्मिक तथा साँस्कृतिक पर्यटनको प्रचार प्रसार, प्रवर्द्धन र विकास गर्ने उद्देश्यले स्थापित उक्त भगिनी सम्बन्धले आन्तरीक तथा बाह्य पर्यटन बढाउने विश्वास लिएका छन । शहिदलखन गाउँपालिकामा प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर रहेको छ भने देवघाट अर्को प्रसिद्ध धार्मिक स्थल हो ।


दुबै पालिकाले सामाजिक सद्भाव कायम गरि एक अर्काको गाउँपालिका क्षेत्र भित्र रहेका धार्मिक स्थलहरु, साँस्कृतिक ठाउँको बारेमा एक अर्कालाइ प्रचारप्रसारमा एकले अर्कोलाई सहयोग गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्