
गोरखामा आज पाचँ जनामा कोरोना संक्रमण पुष्ठि
शुक्रबार गोरखामा पाच जना कोरोना संक्रमित थपिएको छ ।
गोरखा नगरपालिकामा एक जना र पालुङटार नगरपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्ठि भएका हुन् ।
गोरखा नगरपालिका वडा नं १० का ५२ वर्षका पुरुष चितवनमा उपचार गराउन गर्दा कोरोना संक्रमण पुष्ठि भएको छ ।
पालुङटार वडा नं १ मा ३४ बर्षका पुरुष, वडा नं २ मा २९ वर्षका पुरुष र वडा नं ५ मा १९ वर्षीय महिला तथा ५७ वर्षका पुरुषमा संक्रमण पुष्ठि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिए ।




