
यात्रुका लागि गोरखा सदरमुकाममा सहायता कक्ष स्थापना
गोरखा सदरमुकाम भएर ग्रामिण भेग जाने यात्रुको चाप बढ्न थालेपछि गोरखा प्रहरीले सदरमुकामको हरमटारी चोकमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडबाडका बेला दशैँ तिहार, छठ बनाउने क्रममा सर्वसाधारण आउजाउ गर्ने भएकाले उनीहरुको सहयोगका लागि सहायता कक्ष स्थापना गरिएका जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले बताए ।
उक्त कक्षको सोमवार एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले उद्घाटन गरेका हुन् । उक्त कक्षमा प्रहरी रहनेछन् । अलमलमा परेका यात्रु, समस्यामा परेका सर्वसाधारणलाई उनीहरुले सहायता गर्ने प्रहरीले जनाएको छ । ‘गाडी नपाएका, समाग्री छुटेका, किनमेल गर्दा हराउने, चोरी हुने जस्ता धेरै समस्या आउन सक्छ’ एसपी गुरुङले भने ‘सडकमै प्रहरी देखेपछि तत्काल सर्वसाधारण खबर गर्न पाउन् भन्ने उद्देश्यले नागरिक सहायता कक्ष राखिएको हो ।’
सहायता कक्षमा ट्राफिक प्रहरीले चेतनामुलक सन्देश प्रशारण सँगै यात्रुलाई सुझाब दिने ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले बताए । गोरखाको ब्यस्त बजार हरमटारी चोकमा सर्वसाधारणको सजिलाको लागि हरेक वर्ष प्रहरीले नागरिक सहायता कक्ष संचालन गर्दै आएको छ ।




