| सोमवार, कार्तिक २३, २०८३

बिजनेश भिसामा आएका ताइवानी गोरखामा धर्म प्रचारमा

इवानबाट भिजिट भिसामा आएका एक ताइवानी गोरखामा लामो समयदेखि धर्मप्रचारमा सक्रिय छन् । ताइवानको ताइचुङ सिटीबाट आएका ३६ बर्षका मेङ सेइन चेङ बिगत लामो समयदेखि गोरखामा धर्म प्रचारमा सक्रिय रहेका हुन् ।
‘१५ बर्षअघि बिजनेश भिसामा नेपाल आएको हुँ । काठमाडौंको नयाँ बानेश्वरमा होङजिन होटल छ’, उनी भन्छन्, ‘तर अहिले होटल छैन । अहिले गोरखामा चाइनिज भाषा सिकाउने गर्छु ।’ उनले तावा धर्म प्रचार गर्ने गरेको पनि स्वीकार गरे ।

‘गोरखा बजार र आसपासका धेरै गाउँहरुमा मेरा साथीहरु छन् । घरघरमा गएर भेट्छु’, उनी भन्छन्, ‘गैरीकुवामा तावा मन्दिर बनाउन सुरु गरेका थियौँ । जग्गाको विवादका कारण अधुरो रहेको छ ।’
प्रशासन कार्यालयले कडाइ गरेपछि गत चैत महिनामा गोरखा छोडे पनि फेरि एक महिनाअघि आएर धार्मिक गतिविधिमा सक्रिय रहेको उनले बताएका छन् ।
उनी रोहटेपानीस्थित नेपाल मगर संघको कार्यालय भवनको माथिल्लो तलामा डेरा गरी बस्छन् ।

सोही ठाउँमा स्थानीयहरुलाई भेला गरी चिनियाँ भाषा सिकाउने काम गर्ने गर्छन् ।


सहायक प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले अवैध रुपमा बस्दै आएका विदेशी नागरिकलाई जिल्ला छाड्न सचेत गराइसकिएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्