
दुई सय जनाको रिपोर्ट आउँदा गोरखामा ११ जनाको पोजेटिभ
आईतवार गोरखामा दुई सय जनाको पिसिआर रिपोर्ट प्राप्त हुँदा ११ जनाको पोजेटिभ आएको छ ।
थपिएका सहित कोभिड १९ संक्रमितको संख्या गोरखामा तीन सय २२ पुगेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी राजुरमण न्यौपानेले बताए ।
तीन जना शहिदलखन गाउँपालिका ७ का २८,४५,४७ वर्षका पुरुष छन् । बारपाक सुलिकोट गाउँपालिका ४ मा २०\२० वर्षका दुई जना पुरुषलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।
आरुघाट गाउँपालिका ८ का २५ वर्षका पुरुष, ९ का ३० वर्षकी महिलालाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । गोरखा नगरपालिका ६ मा २४ वर्षकी महिला, ५२ वर्षका पुरुष र ४ मा ३० वर्षकी महिलालाई कोरोना देखिएको हो ।
पालुङटार नगरपालिका १ का २३ वर्षिय पुरुषलाई पनि संक्रमण पुष्टि भएको सुचना अधिकारी न्यौपानेले बताए ।
पिसिआर रिपोर्ट पोजेटिभ आउने क्रम बढेसँगै स्थानीय तहहरुमा कन्ट्याक्ट ट्रेसिङ पनि बढाइएको छ ।




