| सोमवार, कार्तिक २३, २०८३

गोरखा प्रशासनको निर्देशन : चाडबाड आयो ग्रामिण सडक सफा गर्नु

जिल्ला प्रशासन कार्यालयले गोरखाको ग्रामिण सडक सरसफाई गर्न र नियमित सवारी चल्ने बनाउने संम्बन्धित सडक आयोजना र कार्यालयहरुलाई निर्देशन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले पत्राचार गर्दै दशैँ तिहार, छठ लगायतको चाडपर्वमा सर्वसाधारण आफ्नो गाउँ ठाउँमा फर्कने क्रम बढ्ने भएकाले सहज आवागमनको ब्यवस्था मिलाउन निर्देशन गरेका हुन् ।
पुष्पलाल मध्येपहाडी राजमार्ग योजना कार्यालय, सडक डिभिजन कार्यालय दमौली, ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक आयोजना, पूर्वाधार बिकास कार्यालय र जिल्ला आयोजना कार्यन्वयन ईकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार गोरखालाई प्रशासनले पत्राचार गरेको छ ।

साउन र भदौ महिनामा वर्षातका कारण गोरखाको अधिकासं ग्रामिण सडक बिग्रिएकाले मर्मत गर्नुपर्ने भएको छ । देश बिदेशबाट सर्वसाधारण दशैँ, तिहार, छठ लगाएत पर्व मनाउन आउने भएकाले आफ्नो मातहतमा रहेका सडकलाई नियमित सरसफाई र आकस्मिक मर्मत संहार गर्न कार्यालयहरुलाई भनिएको प्रजिअ भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्