| सोमवार, कार्तिक २३, २०८३

लायन्स क्लवद्वारा ४१ पिन्ट रगत संकलन


कोभिड १९ महामारीका कारण जताततै रगतको आवश्यकता भइरहेका बेला गोरखाका लायन्स क्लवले ४१ पिन्ट रगत संकलन गरेको छ ।

शनिबार लायन्स क्लव अफ गोरखा र लायन्स क्लव अफ गोरखा कालिकाले रक्तदान कार्यक्रम गरी सो परिमाणको रगत संकलन गरेको हो ।

कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् ।


रेडक्रस भवनको प्राङ्गण हरमटारीचोकमा आयोजित कार्यक्रममा ३२ जना पुरुष र नौ जना महिलाले रक्तदान गरेका श्रेष्ठले जानकारी दिए ।


रक्तदान कार्यक्रमका लागि गोरखा उद्योग बाणिज्य संघ, गोरखा चेम्बर अफ कमर्स, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखा र लियो क्लब अफ गोरखाले सहयोग तथा समन्वय गरेका थिए ।


लायन्स क्लव अफ गोरखाका अध्यक्ष श्यामबाबु श्रेष्ठको अध्यक्षता तथा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्लवका पदाधिकारी तथा सदस्यहरु तथा सशस्त्र प्रहरीले समेत रक्तदान गरेका थिए ।

कोभिड १९ कारण जताततैका अस्पतालमा रगतको आवश्यकता भएको तर महामारीकै कारण रगत अभाव भएकाले रक्तदान कार्यक्रम गरिएको अध्यक्ष श्रेष्ठले बताए । कार्यक्रममा ४१ पिण्ट रगत संकलन भएको र संकलित सो रगत चितवन पठाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्