
शहिदलखन गाउँपालिकाद्धारा मानवसेवा, रेडक्रस र गुरुकुललाई आर्थिक सहयोग
गोरखाको शहिदलखन गाउँपालिकाले गोरखा सदरमुकामका बिभिन्न परोपकारी संघ संस्थालाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले आज एक कार्यक्रमका बिच मानव सेवा आश्रम गोरखालाई एक लाख रुपैयाँ सहयोग गरेको हो ।यस्तै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखालाई एक लाख पचास हजार र गोरक्षनाथ वैद्धिक गुरुकुल विद्यालयलाई पचास हजार आर्थिक सहयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जिवनबहादुर आलेले बताए ।
गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापाले आश्रमकी मुना लामा, रेडक्रस सभापति भगवानबाबु मास्के र गुरुकुलका व्यवस्थापन समितिका अध्यक्ष मोहनलाल श्रेष्ठलाई चेक हस्तान्तरण गरेका हुन् ।




