
ब्यापारी कारवाहीमा परेपछि उवासंघ र चेम्बरको आक्रोस
बजार अनुगमनका क्रममा गोरखाका ब्यपारी ब्यवशायीलाई प्रशासनले जरिवाना गरेपछि ब्यवशायीको साझा संस्था उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्शले भने आपत्ती जनाएका छन् ।
गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष जिबनज्योती श्रेष्ठले प्रशासनले ब्यवशायीलाई पेल्ने तर्साउने गरी एकलौटी अनुगमन गरेको बताए । ‘एक पटकलाई सचेत गराएर जानकारी दिएको भए हुन्थ्यो’ उनले भने ।
यस्तै चेम्बर अफ कमर्श गोरखाका अध्यक्ष भाईचन्द्र श्रेष्ठले प्रशासनलाई जरिवाना र कारवाही सहित ब्यवशायीलाई पहिलो पटक जानकारी गराउन अनुरोध गर्दा प्रशासनले बल प्रयोग गरेको बताए । ‘अत्यन्तै अराजक ढंगले अनुगमन गरियो, फिर्ता पठाउन राखिएको सामग्री पनि जफत गरियो, यसले ब्यवशायीलाई निरुत्साहित बनाएको हाम्रो ठहर छ’ उनले भने ।




