| सोमवार, कार्तिक २३, २०८३

सरकारले भन्योः यो दशैँमा पिङ नहाल्नु !

कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राख्दै सरकारले आउँदै गरेको दशैँमा पिङ नहाल्न अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाप्रवक्ता डा. जागेश्‍वर गौतमले नजिकिँदो चाडसँगै गाउँ-सहरमा भीड बढेर अझै संक्रमण फैलिन सक्ने भएकाले सजगता अपनाउन भन्दै यस्तो आग्रह गरेका हुन्।

उनले भने- ‘मठ-मन्दिरमा नित्य पूजा मात्रै गरौँ, चाडवाडको नाममा पिङ नहालौं, पिङले भीड बढ्ने भएकाले चाडपर्व सामान्य तरिकाले घरैमा मनाऔँ।’ 

मन्दिरमा पुजारी बोलाएर नित्य पूजा मात्र गर्न आग्रह गरेको छ। कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राख्दै सरकारले दशैंमा मन्दिरमा भिडभाड हुन सक्ने भएकाले यस्तो आग्रह गरेको हो।

प्रतिक्रिया दिनुहोस्