
गण्डकी र अजिरकोटमा दुई जना कोरोना संक्रमित थपिए
गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ७ र अजिरकोट गाउँपालिका ५ मा एक÷एक जना गरी बुधवार गोरखामा दुई जना कोरोना संक्रमित थपिएका छन् ।
गण्डकीमा २२ वर्षकी महिला र अजिरकोटमा २६ वर्षका पुरुषलाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अजिरकोटका पुरुष भने धनुषाबाट आएका शिक्षक हुन् । यस सँगै गोरखामा कोरोना संक्रमितको संख्या दुई सय ८२ पुगेको छ ।




