| सोमवार, कार्तिक २३, २०८३

पालुङटार जाँदै हुनुहुन्छ, पिसिआर रिपोर्ट चाहिन्छ

गोरखाको पालुङ्गटार नगरपालिकामा जानका लागि अव कोरोना रिपोर्ट नेगेटिभ हुनुपर्ने भएको छ । नगरपािलकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बाबुराम काराखेतीले मंगलबार सार्वजनिक सूचना जारी गर्दै बाहिरी जिल्लाबाट पालिका प्रवेश गर्ने सबैले अनिवार्य रुपमा पिसिआर परिक्षण गरी नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने बताए ।

कोरोना रोकथाम तथा न्यूनिकरण गर्न भन्दै पालिकाले यस्तो सूचना जारी गरेको हो । नगरपालिका प्रवेश गरेपछि पनि अनिवार्य रुपमा होम क्वारेन्टिनमा बस्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्